Logo

२६पुष, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले हुण्डीको १२ लाख २० हजार रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौं बस्ने १९ वर्षीय राजन कुमार साहलाई पक्राउ गरेको हो ।

हिजो दिउँसो वीरगञ्ज–२५सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ एई ३५५६ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गरिएको थियो ।  मोटरसाईकल चालक राजन कुमारले हेलमेट तथा कालो ज्याकेट भित्र लुकाएर ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ १२ लाख २० हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद गरिएको नगद, मोटरसाईकल सहित उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार