Logo

२० मंसिर,पर्सागढी । पर्सागढी नगरपालिकाको आयोजनामा लैङ्गगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत लैङ्गगिक हिंसा निवारणका लागि स्थानीय सरोकारवालाहरुबीच १ दिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

‘हामी सबैको प्रतिबद्धता, लैङ्गगिक हिंसा अन्त्यका लागि ऐक्यबद्दता’ भन्ने मूल नाराका साथ पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख गोकर्ण पाठकले लैङ्गगिक हिंसा अन्त्यका लागि सबैले आफ्नै घरबाट सुरु गर्नुपर्ने बताए । लिङ्ग कै आधारमा गरिने बिभेदका कारण अहिले गम्भीर समस्या आउने गरेको उनले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाले लैङ्गिक हिंसा, महिला हिंसा, आर्थिक तथा समाजिक हिंसा, यौनजन्य हिंसा गरेमा त्यसको कसुर सजायको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशी लगायत वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भर्खरै