Logo

२१ मंसिर, काठमाडौँ ।  विशेष अदालतले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको ठहर गरेको छ ।

विशेष अदालतले निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको छ ।

बिहीबार बेलुकी फैसलाको संक्षिप्त आदेश सार्वजनिक गर्दै विशेष अदालतले तत्कालीन अध्यक्ष अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको ठहर गरेको छ ।

अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको यो दुर्लभ घटना हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैयाँका दरले जरिवाना सुनाएको छ ।


सम्बन्धित समाचार