Logo

२७ पुस, बारा । बाराको सिमरामा एक दिने रिफ्रेसिङ्ग होटल ब्यवस्थापन तथा अतिथि सत्कार तालिम सम्पन्न भएको छ ।

नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेस प्रदेश तथा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) को सहकार्यमा र नेपाल पर्यटन तथा होटल ब्यवसायी संघ बाराको आयोजनामा तालिम भएको हो ।

तालिममा नाथमका सहजकर्ता सन्तोष मिश्र र निरज सुबेदीले प्रशिक्षण दिनुभएको थियो ।उहाँहरुले होटल ब्यवसायी संघले ध्यान दिनुपर्ने कुरा, होटलको संरचना, ग्राहकसँग गर्नुपर्ने ब्यवहार, कार्यको बिभाजन लगायतको बिषयमा प्रशिक्षण दिएको होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

औपचारिक पर्यटन तथा होटल ब्यवसायी संघ बाराका अध्यक्ष लम्सालको अध्यक्षता नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेस प्रदेशका महासचिव तथा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा बाराका ४० जना होटल सञ्चालक तथा ब्यवस्थापकहरुको सहभागिता रहेको थियो । मधेश प्रदेशको आँठ वटै जिल्लामा तालिमे हुने महासचिव लामिछानेले जानकारी दिए ।


सम्बन्धित समाचार