Logo

३० पुस, वीरगञ्ज । पर्साको पोखरियामा मालपोत, भूमिसूधार, इलाका प्रशासन कार्यालय लगायत सेवाकेन्द्र स्थापनाको लागि पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानको टोलीले गृहमन्त्री रवि लामिछानेसँग भेट गरेको छ ।

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरियालाई मानिए पनि मालपोत, भूमिसुधार र प्रशासनिक सेवा सुविधा जनताले पाउन सकेका छैनन् । पोखरिया आसपास ग्रामीण भेगका जनता सेवा लिन वीरगंज धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गृहमन्त्री लामिछानेलाई नगरप्रमुख चौहानले ज्ञापनपत्र बुझाउनुभएको छ ।ज्ञापनपत्र

बुझाउने क्रमा प्रतिनिधिसभा सदस्य प्रभु हजरा दुसाद, पूर्वसांसद जुनेद अन्सारी, लोसपाका नेता निजामुद्दीन समानी, नेकपा एमाले पोखरिया नगर अध्यक्ष विन्ध्याचल ठाकुर, एमपी साह, सुजीत गिरी, पप्पु चौहानलगायतको सहभागिता थियो ।

वीरगंजमा प्रशासनिक कामको लागि पनि दिनभरि समय लाग्ने भएकोले पोखरियामै यस्ता सेवाको व्यवस्था मिलाउन गृहलाई आग्रह गरिएको नगरप्रमुख चौहानले बताउनुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय पोखरियामा डिएसपीको दरबन्दी राख्न समेत माग गरेको छ । भेटपछि गृहमन्त्री लामिछानेले पोखरियामा सेवा केन्द्र तथा प्रहरी नायब उपरीक्षक खटाउने आश्वासन दिएको नगरप्रमुख चौहानले बताउनुभयो ।

 


सम्बन्धित समाचार