Logo

१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जका पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको बैठकले पत्रकार दासलाई गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरे अनुसार आज दासलाई पुरस्कार प्रदान गर्न गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले दासलाई पुरस्कार वितरण गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दास हाल एभीन्युन टेलिभिजनको मधेस प्रदेश संयोजक हुन । साथै उनी वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको प्रेस सल्लाहकार र नेकपा एमाले वीरगञ्ज महानगर कमिटि उपाध्यक्ष समेत रहेका छन् ।

यसअघि यस पुरस्कार बाट पर्साका पत्रकारहरु गया यादव, शत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, ध्रुव साह, विजय भण्डारी, प्रताप श्रेष्ठ लगायतका पत्रकार पुरष्कृत भैसकेका छन् ।

वीरगञ्जको मेयर भएका वेला तत्कालीन माओवादी विद्रोहीले वरिष्ठ पत्रकार गिरीको २०६० साल माघ १ गते हत्या गरेका थिए ।


सम्बन्धित समाचार