Logo

७ माघ, वीरगञ्ज । १९ बर्षमुनीको आईसीसी टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ सुरु गरेको छ।
मलेसियामा सुरु भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो।

विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित हात पारेको थियो।

प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्।

प्रत्येक समूहबाट समान तीनरतीन टोली सुपर ६ मा पुग्नेछन्। सुपर ६ मा दुई समूह हुनेछन्। दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यही माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।


सम्बन्धित समाचार