Logo

२ फागुन,बारा। बाराको कलैया स्थित एउटा सुधार केन्द्रमा एकजनाको रहस्यमय मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ बैंक रोड स्थित नवजन्म सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका–९ का ३२ बर्षीय धिरेन्द्र महतोको रहस्यमय मृत्यु भएको प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

मृतक युवकको शरीरमा कुनैपनी हतियारको घाउ नदेखिएकाले पोस्टमार्टम रिपोर्ट आएपछी हत्याको मृत्युको कारण थाहा हुने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए । मृतक युवकका परिवारले भने कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन ।

प्रहरीले सुधार केन्द्रका संचालक सहित सातजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह, सर्फराज मण्डललाई पक्राउ गरेको छ ।
प्रहरीले सुधार केन्द्रको सिसी क्यामराको फुटेजपनी लिएर मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।


सम्बन्धित समाचार