Logo

४ फागुन,काठमाडौँ । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भ¥याङमा खतिवडा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार