Logo

९ फागुन, पटेर्वासुगौली (पर्सा) । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टी टोलमा ३ कठ्ठामा लगाइएका गाँजा खेती नष्ट गरेको छ ।

प्रहरी चौकी रङ्गपुरबाट खटिएको प्रहरी टोलिले विहीबार साँझ थरकट्टीमा ३ कठ्ठामा लगाइएको २५०० बोट फाडेर नष्ट गरेको हो ।

किसानहरुले थरकट्टीमा हरेक वर्ष गाँजा खेती गर्दै आएका छन् । प्रहरीको आँखा छलेर गाँजा खेती गरिने भए पनि अहिले नियमित रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले गाँजा खेती नष्ट गर्दै आएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकास थापाले भने, “गाँजा खेती अवैध भएको र प्राप्त सूचनाका आधारमा यस वर्ष गाँजा खेती फडानीमा प्रहरीले अभियान नै चलाएको छ । समाजले पनि साथ दिइरहेको छन् ।”


सम्बन्धित समाचार