
१२ फागुन, वीरगञ्ज । प्रेस सेन्टर नेपालले मधेस प्रदेशमा पर्साबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
संगठनका पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादवको अध्यक्षतामा आईतबार भएको कार्यक्रममा सेन्टरका मधेस प्रदेश अध्यक्षमा निर्वाचित पर्साका नीरज पिठाकोटे, सचिव रञ्जित पाण्डे र सदस्य शब्दर हुसैन शाहलाई सम्मान गरेको हो ।
निर्वाचित अध्यक्ष पिठाकोटे, सचिव पाण्डेय र सदस्य हुशैनलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा र पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादव, सचिव अजित कुमार भूजेल लगायले अविर र खादा लगाएर सम्मान गरेका थिए ।