१२ असार,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा बाराबाट निर्वाचित दुई सांसद केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेशी समूहतर्फ ८ सय ७० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यसैगरी, बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद रहबर अन्सारी मुस्लिम समूहतर्फ १ हजार ४५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
मधेशी समूहतर्फ बब्लु गुप्ता, दीपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। प्रथम महाधिवेशनमार्फत सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपाले आफ्नो केन्द्रीय संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

















