Logo

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरुले माध्यामिक शिक्षा परीक्षाको पूर्व तयारीका लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ को आयोजना गरेको छ ।

यो प्रतिस्पर्धामा वीरगन्जका १५ वटा विद्यालयहरुका कक्षा १० का विद्यार्थीहरुको सहभागितामा रहेको प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए । मनकामना माविमा सञ्चालित मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ मा ७५ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

उनले विद्यार्थीहरुबीच गराईएको मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ प्रतिस्पर्धाले आउने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढाउने मुख्य उद्देश्य रहेको बताए ।

एसईई परीक्षामा वीरगन्जबाट धेरै भन्दा धेरै ४ जीपीए ल्याउने विद्यार्थी उत्पादनको लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ प्रतिस्पर्धा कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।


सम्बन्धित समाचार