
१३ फागुन,वीरगञ्ज । महिला नेतृत्वको लागि देशव्यापी महिलावादी अभियान अन्तर्गत वीरगञ्जमा र्यालीको आयोजना गरिएको छ । ‘८४ मा महिला पहिला, भ्रष्टाचार प्रति शुन्य सहनशीलता देशव्यापी महिलावादी अनुपम अभियानले ¥याली निकालिएको हो । र्यालीमा पहभागी महिलाहरुले २०८४ मा महिला पहिला, भ्रष्टाचार प्रति शुन्य सहनशीलता भन्ने नारा लगाएका थिए ।
वीरगञ्जको घण्टाघरबाट सुरु भएको Þ¥याली माईस्थान, आर्दशनगर हुदै पुन घण्टाघरमा पुगेर कोणसभाको आयोजना गरेर सम्पन्न भएको छ । Þ¥यालीमा विभिन्न पालिका उपप्रमुखहरु, विभिन्न क्षेत्रमा कार्यरत महिला तथा अधिकारकर्मीको सहभागीता रहेको थियो ।