
१५ फागुन,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विनय कुमार श्रीवास्तव हाजिर हुनुभएको छ । उनलाइ आज पोखरिया नगरपालिकाकी उपप्रमुख रुवी ठाकुरु लगायत जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् ।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा उपप्रमुख ठाकुर लगायत वडा अध्यक्ष र कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए । प्रशासनिक सेवामा निकै अब्बल अधिकृतको रुपमा चिनिने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव उपसचिवमा बढुवा भएपछि पोखरिया नगरपालिकामा पदस्थापना भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएका श्रीवास्तव, इलाका प्रशासन कार्यालय सुपौली र वीरगन्ज कारागारमा समेत कार्यरत रहेका थियो । आजबाट कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकत विनय कुमार श्रीवास्तवले आफू नागरिकको काम छिटो छरितो र सहजढंगबाट गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय सरकारप्रति नागरिकको अपेक्षा धेरै रहने भएकोले प्रशासनिक काम र विकास निर्माण लगायतका काममा आफूले जनप्रतिधि र कर्मचारीको समन्वयमा अगाडि बढ्ने बताए ।
परिचयात्मक कार्यक्रममा लेखा शाखा प्रमुख मन्दिप महतो, वडा अध्यक्ष महेंद्र महतो चाई, अधिकृत अजय कुमार श्रीवास्तव, प्रशासन शाखा प्रमुख संजय पाण्डेय, नरेन्द्र साह लगायतले अधिकृत श्रीवास्तवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरे थिए । सो अवसरमा जनप्रतिनिधि, नगरपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।