Logo

सांकेतिक तस्वीर

१५ फागुन,काठमाडौं । मुगुको रारा तालको किनारमा रहेको एक होटेलमा आगलागी हुँदा पाँचवटा भवन जलेर नष्ट भएको छ । आगोले काठै काठको संरचनाले बनेका र टिनले छाएको भवनमा क्षति पु¥याएको छ ।

आगलागीबाट २ करोड ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यले जाकारी दिनुभयो । उहाँका अनुसार टिनले छाएको चारवटा काठैकाठको घरको ६० लाख, ती घरमा राखिएको पेय पदार्थ १० लाख, लत्ताकपडा ३० लाख, सुनको ४२ लाख ७५ हजार, फर्निचर २० लाख, भाडावर्तन १० लाख खाद्यान्न पाँच लाख, नगद ३ लाख ५० हजार, टेण्ट २ लाख बराबरको जलेर नष्ट भएको छ ।

आगोमा जलेर होटलका मालिक गोपाल बम र कुक जगत थापा मगर पनि घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य नै रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो । आगोमा जलेर तीनवटा कुकुर पनि मरेको छ । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो निभाएका छन् ।


सम्बन्धित समाचार