Logo

१६ फागुन, वीरगञ्ज । ग्लोबल विजनेस कलेजले आज रक्तदानको आयोजना गरेको छ । ओमआश्रममा रहेको कलेजले आयोजना गरेको रक्तदानमा २२ जना महिला सहित १०६ जनाले रक्तदान गरेका छन् ।

रत्तदान गर्नेहरुमा एलिसा समानी, कृतिका पटेल, पूजा पटेल, पुष्पा कुमारी पटेल, मुस्कान कुमारी चौधरी, खुशी गुप्ता, मृदुला भट्टराई आशा कुमारी, भूमि सिन्हा, खुशी कुमारी यादव लक्ष्मी श्रेष्ठ लगायत २२ जना महिला र ८४ जना पुरुष गरी १०६ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो ।

रक्तदानमा ग्लोबल बिजनेस कलेजकी सञ्चालक सदस्य निभा दास, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति वृजकिशोर पटेल, रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डे, कलेजका निर्देशक अशोक जयसवाल, ओम श्रेष्ठ, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, व्यवस्थित वीरगन्ज अभियानका संयोजक दीलिपराज कार्की लगायतको उपस्थिति रहेको नेपाल रेडक्रस सोसाईट पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।


सम्बन्धित समाचार
भर्खरै