
१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो लक्ष्यमा पुग्नका लागि लगनका साथ निरन्तर लागिरहन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।
वीरगञ्ज पब्लिक कलेजले आयोजना गरेको नवनितम व्यावसायको खोजी गर्ने हल्ट प्राइज कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले यस्तो बताएका हुन् । हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना उद्यमशीलता सीपहरू विकास गर्न, सामाजिक समस्याहरूको समाधान खोज्न र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मद्दत पु¥याउनेमा उहाँले विश्वास लिए ।
विद्यार्थीहरुले पढाइसँगै उद्यमशीलता विकाश गर्न जरुरी रहेको भन्दै उनले त्यसमा हल्ट प्राइजले महत्वपूर्ण भूमिका खेलेको बताए । बीपीसी कलेजका स्नातक तहका विद्यार्थीहरुले आयोजना गरेको हल्टप्राईजको यो पाँचौं संस्करण हो । यसअघि चौथो संस्करण प्रतियोगिता सम्पन्न भईसकेको हल्टप्राईज प्रथम संस्कराणका विजेता मनिसा चालिसेले जानकारी दिए ।