Logo

१६ फागुन,ठोरी । नेपाल सरकारका भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी शुक्रवार ठोरी गापा पुगेका छन् । पोखरीयामा स्थापना भएको मालपोत कार्यालय उद्घाटनका लागि बिहिबारदेखि पर्सामा रहनुभएका मन्त्री अधिकारी आज ठोरी पुगेका हुन् ।

मन्त्री अधिकारीको भ्रमणको अवसरमा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठ लगायतको सरोकारवाला पक्षले मन्त्री समक्ष ठोरीको लालपुर्जा सम्बन्धी समस्या समाधानका लागि आग्रह गरेका छन्। सो अवसरमा गापा अध्यक्ष श्रेष्ठले ज्ञापनपत्र बुझाउंदै ठोरीका जनताको माग तत्काल सम्बोधन गर्न अनुरोध गर्नु भएको थियो । जवाफमा मन्त्री अधिकारीले सरकारले अहिले ल्याएको अध्यादेशले ठोरीबासीको माग सम्बोधन हुने जानकारी गराउनुभएको थियो ।

गाउँपालिका कार्यालयमा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अधिकारी सहित प्रतिनिधि सभाका सांसद सेराज फारुकी, भुमि मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेल, पर्साका मालपोत प्रमुख अशोक कुमार भट्टराई, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण बिष्ट, ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी, ठोरीका जनप्रतिनिधिहरु, ठोरीका नेपाली काङ्ग्रेस , एमाले र माओवादी केन्द्रका स्थानीय नेताकार्यकर्ता एवम् स्थानीय अगुवाको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
भर्खरै