Logo

१८ फागुन, वीरगञ्ज । मधेस प्रदेशकै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगितामा आज सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमाडौँबिच खेल हुँदैछ । वीरगञ्जको आर्दशनगर रंगशलामा आज दिउँसो २ः३० बजे सिरहा र काठमाडौँबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

हिजो भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गरी विजयी सुरुवात गरेको छ ।

दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगितामा विजेता टिमले नगद ११ लाख ११ हजार एक सय एघार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ जुन मधेस प्रदेशकै सर्वाधिक पुरस्कार रहेको दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस् :-

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार
भर्खरै