Logo

१८ फागुन,काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको बताइएको छ ।

त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ ।

अहिले उक्त क्षेत्रको अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए । संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।


सम्बन्धित समाचार
भर्खरै