Logo

१८ फागुन,पर्सागढि । जनता माध्यमिक बिधालय पकडिया बडनिहार को आयोजना र पर्सागढि नगरपालिका कार्यालयको आर्थिक सहयोगमा आज देखि दोश्रो पर्सागढि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जनता माध्यमिक बिधालयका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पर्सागढिका नगर प्रमुख गोकर्ण पाठकले पानसमा बति र सर्टफुट फाली खेलको उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले बिद्यार्थी हरुको गुण स्तरीय शिक्षा संगै र बहुआयामिक बिकास सङै खेलपनि एक भएको कारण बिद्यार्थी हरुले खेलको प्रतिभा देखाउने थलोको रुपमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता रहेको बताए ।
कार्यक्रममा पर्सागढि नगरपालिका उपप्रमुख पुजा चौधरी , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , झुलिटार स्कुलका प्र अ राजेन्द्र प्रसाद चौधरी , बडेर्वा स्कुलका प्र अ चेतमन दास थारु लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य शिक्षक डिल्लिराम आचार्यले गरेका थिए भने सहजीकरण शिक्षक अमित चौधरीले गर्नुभएको थियो । खेल तीन दिन सम्म चल्ने छ अहिले खेल जारी रहेको कारण स्कोर आउन सकेको छैन ।


सम्बन्धित समाचार
भर्खरै