
२१ फागुन काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल ¥याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले ¥यालीको नेतृत्व गरेका छन् ।
राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै ¥याली आयोजना गरेको हो । बबरमहलबाट निस्किएको ¥याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरवारको दक्षिण गेट अगाडि राप्रपाले प्रदर्शन गरिरहेको छ ।
अध्यक्ष राजेन्द्र लिङदेन राष्ट्रिय झण्डा ठड्याएको मोटरसाइकल आफैंले चलाएर दरवारमार्ग पुगे । मोटरसाइकलको पछाडि उनले एक कार्यकर्तालाई चढाएका थिए । ¥यालीमा राप्रपाका अन्य शीर्ष नेता पनि सहभागी छन् ।