Logo

९ माघ, वीरगञ्ज । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई सम्मान तथा विदाई गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा भएपछि उहाँले पर्सा जिल्लामा रहेर गरेका काम सह्रानीय रहेको भन्दै संघले सम्मान तथा विदाई गरेको हो ।

संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो पर्सा जिल्लाको कार्यकाल सफल बनाइदिएकोमा सबैप्रति आभार व्यक्त गर्नुभयो । एक्लैले चाहेर काम गर्न नसकिने बताउँदै उहाँले होटल व्यवसायी, बुद्धिजिवी, सामाजिक अभियानता, सञ्चारकर्मी लगायत सबैको सहयोग पाएको बताउनुभयो ।

वीरगञ्जबाट सकारात्मक भाव लिएर जाँन लागेको बताउँदै उहाँले वीरगञ्जको बसाई आफ्नो लागि अविस्मरणीय रहने समेत बताउनुभयो । होटल व्यवसाय राति १२ बजेसम्म खोल्न पाउने नियममा गृहकार्य भइरहेको हुँदा व्यवसायीहरुको माग केही समयभित्रै सम्बोधन हुने विश्वास पनि उहाँले दिलाउनुभएको छ ।

संघका अध्यक्ष पन्तले होटल व्यवसायीहरुका समस्याका सम्बन्धमा प्रशासनीक सहयोगमा प्रमुख जिल्ला अधिकारीले कुनै कसर बाँकी नराखेको बताउँदै नयाँ ठाउँको कार्यकाल पनि सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार