Logo

२२ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाबाट आएको सहयोग रकमबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा खतिवडाले अमेरिकाले दिएको रकम कसले कति प्रयोग गरे भनेर प्रश्न गरे ।

“अमेरिकाले दिएको रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा आएको छ । यस्तो रकम कति नेपालमा आएको हो ककसले प्रयोग गरे ?,” उनले भने ।

उनले देशलाई नै बदनाम हुने काम भएको भए श्वेतपत्र जारी गर्नुपर्ने बताए । “एनजीओ र आईएनजीओको आएका र अन्य काममा प्रयोग भएका रकम कति छन् ? त्यो रकमलाई लिएर नेपाललाई नै बदनाम गर्ने काम भएको छ भने भएको के हो ?श्वेतपत्रका रूपमा जारी गरोस्,” उनले भने ।

उनले संसद्मा पत्रकारले प्रश्न सोधेको आधारमा नै प्रेस पास निलम्बन गरेको विषयमा पनि आपत्ति जनाए ।

 


सम्बन्धित समाचार