
२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बजेदेखि बैठक बसिरहेको हो।
बैठकमा चाररपाँच वटा एजेन्डा प्रस्तुत भएको एक नेताले जानकारी दिए। तराई–मधेस जागरण अभियान बिचमै रोकेर माओवादीले पदाधिकारी बैठक राखेको हो।
राजावादीको प्रदर्शन, स्ववियु चुनाव, सरकारका गतिविधिलगायत विषय छलफलका मुख्य एजेन्डा हुन्। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफङ गरिरहेका छन्। आइतबार मात्र राजधानीमा राजावादीले पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द् शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरेका थिए।