
२६ फागुन,काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।
सोमबार बसेको पदाधिकारी बैठकले आधारभूत विचार मिल्ने गणतन्त्र पक्षधरहरूको प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकको मिति भने मंगलबार अपराह्न ४ बजे बस्ने पदाधिकारी बैठकले तय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा आइतबार काठमाडौँमा राजावादीहरूले गरेको प्रदर्शनबारे समीक्षा भएको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको अगुवाइमा नै गणतन्त्र आएकाले रक्षा गर्ने काम पनि माओवादीकै भएको बताएका थिए।