
२७ फागुन,काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ७० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ८ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।