Logo

२९ फागुन, काठमाडौँ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन् । यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ ।

यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । हिजोको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।

नेपालले भोलि हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।


सम्बन्धित समाचार