
६ चैत,वीरगञ्ज । बारा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको समय बढाएको छ। सेवाग्राहीको चाप अत्यधिक बढेपछि कार्यालयले बुधबारदेखि बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जारी गरेको सूचना अनुसार सेवाग्राहीको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समय बढाइएको हो।
अब सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान साढे ७ बजेदेखि साँझ ७ बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा कार्यालयबाट प्रवाह हुनेछ।