१३ चैत,काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरेपछि आजै तीन बजे सुचना टाँसेर बस्नेगरी बैठक स्थगित गरिएको थियो ।
३ बजे बस्ने भनिएको बैठक पनि शुरु भएलगत्तै विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए ।
लगातार विपक्षी दलहरुको अवरोधपछि बिहीबार बिहान बस्नेगरी सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।

















