Logo

१४ माघ, वीरगञ्ज । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताएका छन् । नेताहरुले आफूलाई मालिक र जनतालाई रैती जस्तो बनाउन खोज्दा ठूला दलका नेताहरु प्रति जनताको निराशा बढदै गएको शाहले बताए ।

विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।

गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले अहिले दलका नेताहरुले आफूलाई राजाको जस्तो व्यवहार प्रर्दशन गर्दा नेपाली जनता उपेक्षित भएको बताए ।

अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए । जुनै सरकार फेरिए पनि यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभूति गर्न सकेका छैनन्, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन, उनले भने ।

देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए । व्यवस्थाले नेताहरुको अवस्था र चरित्रमा परिवर्तन आएको तर नेपाली जनताको अवस्था हिजो भन्दा आज झन कमजोर बन्दै गएको नेता साहले बताए ।


सम्बन्धित समाचार