Logo

२२ चैत,सेढवा । पर्साको ठोरी गाउँपालिकामा शुक्रबार सात दिने “महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम“सम्पन्न भएको छ। श्री साथी नेपालको आयोजना तथा ठोरी गाउँपालिकाको आर्थिक सहयोगमा सुनाखरी होम स्टे सुवर्णपुरको कल्चर भवनमा उक्त तालिम भएको हो।

तालिमको समापन कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले महिला नेतृत्वको आवश्यकतामा जोड दिए। उनले भने, “समुदायको विकासका लागि महिलाहरूको नेतृत्व अपरिहार्य छ। महिलाहरूलाई नेतृत्वमा अगाडि बढाउन यस्ता तालिमहरू महत्वपूर्ण हुन्छन्।“ अध्यक्ष श्रेष्ठले तालिममा सहभागीहरूलाई प्राप्त ज्ञान र सीपलाई समाजको विकासमा उपयोग गर्न आग्रह गरे।

तालिममा ठोरी गाउँपालिकाका ३५ जना महिला सहभागीलाई मानव अधिकार एलाइन्सका अध्यक्ष अनिल तिवारी, गौरी ढकाल र हेम चापागाईले प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा आयोजक श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ थिए। कार्यक्रममा ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, ज्ञानबाटिका माध्यमिक विद्यालय सुवर्णपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर नेवार, संचारकर्मी ओमप्रकाश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहभागी रिता दोङ्गले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

 


सम्बन्धित समाचार