Logo

२५ चैत, काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा संशोधनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आजदेखि देशभर शैक्षिक हड्ताल सुरु गरेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा सबै विद्यालय बन्द गरी शिक्षकहरू काठमाडौंमा भेला हुँदै छन् ।

चैत २० गतेदेखि माइतीघर मण्डलामा जारी आन्दोलनलाई थप सशक्त बनाउँदै महासंघले उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन शिक्षक-कर्मचारीलाई आग्रह गरेको छ ।

महासंघले विधेयक जारी नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेको छ। आन्दोलनलाई समर्थन जनाउँदै विभिन्न राजनीतिक दल निकट १५ शिक्षक संगठनले ऐक्यबद्धता जनाएका छन् ।

हिजो सिठी जुलुस गरेका शिक्षकहरूले आज आन्दोलनको छैटौं दिन कालो मास्कसहित मौन जुलुस निकाल्ने तयारी गरेका छन् ।  जुलुस बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु हुनेछ  ।

शिक्षकहरूले विद्यालय शिक्षा विधेयकलाई शिक्षक तथा विद्यार्थीमैत्री बनाउनुपर्ने माग गर्दै सरकारसँग संवादको वातावरण बनाउन आग्रह गरेका छन् ।  यस आन्दोलनले देशभरको शैक्षिक प्रणाली प्रभावित बनिरहेको छ ।


सम्बन्धित समाचार