Logo

फोटो—बिशाल पटेल

१८ माघ,वीरगञ्ज । कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्।
बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्।

मन्त्री साहले कर्मचारीसँग छलफल गर्दै मल अभावको दीर्घकालीन रुपमा समाधानका लागि नीतिगत व्यवस्था गर्न सरकार तत्पर रहेको बताइन्।

साहले किसानलाई मल अभाव हुन नदिन कम्तीमा ६ महिनाका लागि माग धान्ने गरी व्यवस्थापन गर्न निर्देशन दिइन्।


सम्बन्धित समाचार
भर्खरै