Logo

२९ बैशाख, काठमाडौँ । श्रीलंकालाई  ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप ४ गोल गरेपछि सहज जित हात पारेको थियो। नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले गोल गरे।

समूह ‘बी’बाट नेपालसँगै भारत पनि सेमिफाइनल पुगेको छ। अब मंगलबार नेपालले समूह विजेताका लागि भारतको सामना गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै