प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ बैशाख, वीरगञ्ज । वीरगञ्जमा जबरजस्ती करणीको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्को एक व्यक्ति फरार रहेका छन् ।

पक्राउ पर्ने व्यक्ति बाराको प्रसौनी गाउँपालिका–६, बेलहिया निवासी ५० वर्षीय दिनानाथ साह रहेका छन्। उनी हाल वीरगञ्ज महानगरपालिका–१३, श्रीपुरमा बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार बैशाख २७ गते राति साह र उनका एक सहपाठीले मिलेर ३४ वर्षीया एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरूले महिलालाई एक्लो देखेर मुख छोप्दै बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनापछि पीडित पक्षबाट प्रहरीसमक्ष जाहेरी दर्ता गरिएपछि अनुसन्धान सुरु गरिएको थियो । सोही आधारमा प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो । उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको डिएसपी प्रकाश लम्सालले जानकारी दिए ।

फरार रहेका अर्का अभियुक्तको पहिचान भइसकेको प्रहरीले बताएको छ र उनको खोजी कार्य तीव्र पारिएको छ । “घटनाको गम्भीरतालाई मध्यनजर गर्दै फरार अभियुक्तलाई चाँडै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ,” डिएसपी लम्सालले बताए ।


सम्बन्धित समाचार