प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

फाइल तस्बिर

१ जेठ,काठमाडौं । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, बैङरोडबाट प्रहरीले स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका–७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले लु ६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारेको हो। प्रहरीले मोटरसाइकल चालक दिनेश वनिया र मोटरसाइकलमा सवार पिङ्की वनियालाई नियन्त्रणमा लिएको छ।

यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार