१ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेक प्वाइन्टमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
बुधबार दिउँसो ३ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा सवार दुईजनालाई शंका लागेर खानतलासी गरेको थियो।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन्। करण रायले बोकेको झोलाभित्र भीभो लेखिएको मोबाइल चार्जरभित्र लुकाइछिपाइ ल्याएको १८ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त लागुऔषध बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















