प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२ जेठ,डडेल्धुरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०८४ को चुनावसम्म वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। प्रेस सेन्टर नेपाल डडेल्धुराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विगतमा असफल भएर पनि फेरि एकपटक प्रयास गर्दा नराम्रोसँग धोका खाएको स्मरण गरे।

“हामीले वामपन्थी एकता होस् भन्ने चाहना राखेकै हो। केपीजीसँग एकताको प्रस्ताव राखेर भएको पनि हो। तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको नराम्रोसँग धोखा खाइयो। पार्टीले मात्रै होइन नेपाली जनतालाई पनि धोखा भयो। त्यसैले अहिले र २०८४ को चुनावसम्म त्यो सम्भावना छैन,“ उनले भने।

उनले अहिले आफूहरू सरकार ढलाउने र बनाउनेतिर नभएको बताए। “यद्यपि हामीलाई चिन्ता छ, सरकार गलत बाटोमा हिँडिरहेको छ। सरकारले सुशासन र हामीले शुरु गरेका कामलाई भत्काउने कामतर्फ लागेको छ। सरकार उल्टो बाटो हिँडेकोमा चिन्तित छौं,“ उनले थपे।

उनले सरकारले राम्रो काम गर्नेलाई दण्डित र नराम्रो गर्नेलाई पुरस्कृत गर्दै उल्टो बाटोमा हिँडेको आरोप लगाए।

“हामी चिन्तित छौं। खबरदारी गरिरहेका छौं। अहिले नै सरकार ढाल्ने खेलमा छैनौं। घटनाक्रम जसरी अघि बढेको छ। राम्रो छैन। सरकार आफ्नालाई जसरी पनि जोगाउने र विरोधीलाई ठेगान लगाउने बाटोमा हिँडिरहेको दाबी गरे,“ उनले थपे।


सम्बन्धित समाचार