३ जेठ,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने भएको छ।
दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले दिएको जानकारी अनुसार बैठकमा संसद्मा विचाराधीन विधेयकहरू र आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुनेछ।
यसका साथै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पनि विचार–विमर्श गरिने उनले बताए।

















