२३माघ, वीरगञ्ज। वडा प्रहरी कार्यालय श्रीपुर पर्साले एकै दिन २१ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतमा परेको मुद्दाम अदालतको फैसलापछि फरार रहेका अभियुक्तहरुलाई फैसला कार्यन्वयनको लागि संचालन गरेको फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत वडा प्रहरी कार्याल श्रीपुर पर्साबाट परिचालित प्रहरीको टोलीले हिजो एकैदिन २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
बिभिन्न मुद्धाका २१ जना फरार प्रतिवादीहरुलाई जिल्लाका बिभिन्न ठाउँबाट पक्राउ गरि पर्सा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिनुभयो ।
पक्राउ परेका २१ जनाले जरिवाना भुक्तान गरी रिहा पनि भएका छन् । फैसला कार्यन्वयन गरी समाजमा सुरक्षाको अनुभुती दिलाउन र अपराध गरि सकेपछि कोहि पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी वस्न नसक्ने प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
फैसला कार्यन्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिईने प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।



















