Logo

४ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा परेको छ ।

आज पनि उनको निवेदन न्यायधिश मनोजकुमार शर्मा र सुनिकुमारको इजलाशमै पारिएको छ । तर, उनको निवेदन न्यायधीश पोखरेलले हेर्न नमिल्ने भन्दै गरिरहेका छैनन् । त्यसैले आज पनि हेर्न नमिल्नेमा जाने पक्का भएको हो । यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ नै भएन ।

यो निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो । हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ नै गरेनन् । वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन् । रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ । उनीहरू दुवै जना रुपन्देही कारागारमा छन् ।


सम्बन्धित समाचार
भर्खरै