Logo

२३माघ, वीरगञ्ज।सवारी चालक अनुमति पत्र (लाईसेन्स)का लागि लिइने ट्रायल परिक्षाबाट दुई जना नक्कली परिक्षार्थी पक्राउ गरेका छन् । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ का ३६ वर्षिय निजामोदिन अन्सारी र वीरगन्ज महानगरपालिका–२४ का २० वर्षिय सर्दुन अन्सारी पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो वीरगञ्ज–२३ ट्रायल सेन्टरबाट पक्राउ गरेको थियो । अरु परिक्षार्थीको नाममा लिखित ट्रायल दिने क्रममा कृर्ते हाजिरी गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार