Logo

५ जेठ, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए।

प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।


सम्बन्धित समाचार
भर्खरै