६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ ।
संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यसूची राखेपनि प्रधानमन्त्री बैठकमा नजाने भएपछि स्थगित भएको हो । स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताउनुभयो ।

















