७ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।
हिजोदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि सुनुवाइ भएपनि आज नहुने भएको हो । हिजो नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा परेकाले न्यायाधीश ढकाल र सुवेदीको इजलास बस्न नसकेसँगै सुनुवाइ हुन रोकेको हो ।















