Logo

८ जेठ,काठमाडौं । प्रहरीले काठमाडौंको चमती क्षेत्रबाट तस्करीका सामानसहित आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाको गौरीगंज गाउँपालिका–१ देवीघाडाका २७ वर्षीय रोशनकुमार महतो, भारतीय नागरिक ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, भारतकै ३० वर्षीय दीपक शेकर, भारतका ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, भारतकै ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, भारतीय नागरिक ३१ वर्षीय मोहमद रेहान र भारतीय नागरिक २४ वर्षीय रौनक ठाकुर रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका सामानसहित पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार, पक्राउ परेका व्यक्तिहरूले मोबाइल र मोबाइलका पार्टपूर्जा भन्सार छलेर ल्याई चमतीमा भण्डारण गर्ने र बेच्ने गरेको पाइएको छ ।


सम्बन्धित समाचार