Logo

८ जेठ,काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाइदिने प्रलोभन देखाई ठगी गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा तनहुँका ४३ वर्षीय विकास गुरुङ, सिन्धुलीकी ३६ वर्षीया रञ्जना अधिकारी, ताप्लेजुङका ४० वर्षीय यादवप्रसाद घिमिरे र कञ्चनपुरका ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।

प्रहरीका अनुसार, विकास गुरुङले अजरबैजान पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । यस्तै, रञ्जना अधिकारीले जापान पठाउन ३ लाख रुपैयाँ, यादवप्रसाद घिमिरेले जापानकै लागि ५० हजार रुपैयाँ र लोकजन खड्काले थाइल्याण्ड पठाउन ४ लाख ४० हजार रुपैयाँ ठगी गरी फरार भएको पाइएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार