प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ ।

मन्त्रालयको हिजोकोे निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता भएको हो । काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी रहेका छन् । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले काज फिर्ता हुनेमा ६ उपसचिव, १५ शाखा अधिकृत, १२ नायब सुव्वा, एक कम्प्युटर अपरेर र एक सहायक कम्प्युटर अपरेटर रहेको जनाएको छ ।

काजमा रहेका ५ उपसचिव मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बसेका थिए । यसैगरी, अर्का एक जना सिंहदरबारमै रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा थिए ।
प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडीलाई जेठ २१ गते पत्र लेख्दै काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र नपठाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।


सम्बन्धित समाचार